Breaking News
फेरि देखियो कोरोना भाइरसको नयाँ प्रकार, विश्वभर फैलियो त्रास

काठमाडौं, पुस १२–
खोपका कारण विस्तारै कोरोनाको त्रास कम हुँदै गइरहेको बेला फेरि नयाँ प्रकारको भाइरसले त्रास सिर्जना गरेको छ ।
पहिले भन्दा बढी संक्रमक मानिएको कोरोना भाइरसको नयाँ प्रकार पहिलोपटक बेलायतमा पहिचान भएदेखि अहिले क्यानडा, युरोपेली मुलुकहरु सहित एसियामा पनि फेला परिरहेको छ । स्पेन, फ्रान्स, स्वीट्जरल्यान्ड र स्वीडेनमा यसअघि बेलायतबाट आएका मानिसहरु यही नयाँ भाइरसबाट संक्रमित भएको खबर गरिएको छ ।
यता क्यानडामा चाहिँ एक जोडीमा यो संक्रमण पत्ता लागेको छ तर उनीहरुको यात्रा विवरण भने थाहा नभएको बताइएको छ । त्यस्तै जापान र सिंगापूरमा पनि यस सम्बन्धी खबर गरिएको छ । जापान सरकारले त स्थानीय बाहेकका सबै विदेशी नागरिकहरुलाई देश भित्र प्रवेश गर्नमै निषेध गर्ने बताएको छ ।
सोमबारबाट लागू हुने यो प्रतिबन्ध एक महिनासम्म जारी रहने भनिएको छ । बेलायतबाट आएका पाँच जना संक्रमित यात्रु बाहेक जापानमा अन्य दुई जना स्थानीय रुपमा नयाँ भाइरसबाट संक्रमित भएको पाइएको थियो जो बेलायत कहिल्यै गएका छैनन् । यसकारण पनि समुदायमा संक्रमण फैलने डरले जापानले सिमानामा कडाइ सुरु गरेको हो । बिबिसी
























