Breaking News

१ नम्बर प्रदेश सरकार धरापमा, मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी

Banner

विराटनगर, पुस ११–

केन्द्रमा भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादको असर अब प्रदेश तहमा देखिन थालेको छ । विवादको पहिलो असर वाग्मती प्रदेशमा देखियो भने अब क्रमशः अन्य प्रदेशहरुमा पनि देखिन थालेको छ ।

वाग्मती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि अन्य प्रदेशमा पनि अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको छ । सात प्रदेश मध्ये ६ वटा प्रदेशमा नेकपाको सरकार रहेको छ । जसमध्ये सबैजसो प्रदेशमा प्रचण्ड–माधव पक्ष हावी छ । मुख्यमन्त्रीहरु ओली पक्षमा भए पनि सांसदहरु धेरैजसो प्रचण्ड–माधव पक्षका छन् ।

केन्द्रको विवादको असर प्रदेशमा पर्न थालेपछि शनिबार १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री शेरधन राइले बर्खास्त गरेका छन् । अब यो विवाद १ नम्बर प्रदेशमा पनि सतहमा पुगेको छ । यस प्रदेशमा अब प्रचण्ड–माधव पक्षले मुख्यमन्त्री राइविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ । बर्खास्तीमा परेका मन्त्री आह्बोले मुख्यमन्त्री आफैले अविश्वासको प्रस्ताव दर्ता गर्न मुख्यमन्त्रीले बाटो खोलिदिएको बताएका छन् । उनले अब आफ्नै अगुवाईमा अविश्वासको प्रस्ताव दर्ता हुने समेत दावी गरेका छन् ।

नेकपा फुटपछि प्रदेश १ का मुख्यमन्त्री राई अल्पमतमा छन् । ९३ सदस्यीय प्रदेश सभामा सत्तारुढ नेकपाको ६७ सदस्य थिए, जसमध्ये २० जना मात्र ओली समूहमा छन् । प्रचण्ड–नेपाल पक्षमा ४७ जना सदस्य छन् । यही संख्या नै नयाँ सरकार बनाउन पुग्ने संख्या हो । यस्तै प्रदेशसभामा नेपाली काँग्रेससँग २१, जनता समाजवादी पार्टीसँग तीन, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रीय मञ्चका एक(एक सदस्य छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>