Breaking News

मुख्यमन्त्री राइले गरे मन्त्री आङबोलाई बर्खास्त

Banner

विराटनगर, पुस ११–

सत्तारुढ नेकपा भित्रको विवादको प्रभाव सबै प्रदेशमा देखिन थालेको छ । वाग्मती प्रदेशमा प्रचण्ड–माधव पक्षले अविश्वासको प्रस्ताव दर्ता गरेसंगै अन्य प्रदेशमा त्यसको संभावना पनि बढ्दै गइरहेको छ ।

यस्तैमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई आज बर्खास्त गर्नुभएको छ ।
नेपालको संविधानको धारा १६९ को २ (ख) बमोजिम प्रदेश सरकारका मन्त्री आङ्बोलाई पदमुक्त गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लागेको सुइको पाएपछि मुख्यमन्त्री राइले मन्त्री आङ्बोलाई बर्खास्त गर्नुभएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>