चितवन विशेष

डा. सापकोटाले लेखे ‘चितवनको ऐतिहासिक रुपरेखा’

Banner

चितवन, पुस ११-

इतिहास विषयमा उपप्राध्यापक डा ढाकाराम सापकोटाले खोजमुलक पुस्तक ‘चितवनको ऐतिहासिक रुपरेखा’ लेखेका छन् ।

भरतपुर महानगरपालिका–५ स्थायी ठेगाना भएर त्रिभुवन विश्वविद्यालमा कार्यरत उपप्राध्यापक सापकोटाले चितवन जिल्लाको प्राचिनकाल, नेपालको एकीकरणको समयमा चितवनको रुपरेखा, राणाकाल,  सातसाल पछाडि, गणतन्त्रपछिको चितवनको विविद्य पक्षलाई पुस्तकमा समेट्ने प्रयास गरेका छन् ।

२०५ पृष्ठको यो पुस्तक शिखा बुक्सले प्रकाशन गरेको छ । चितवनको बारेमा खोज तथा अनुसन्धान गर्न चाहने जो कोहीका लागि पुस्तक निकै उपयोगी हुने डा. सापकोटाले नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ पुस्तक चितवनमा नै बिमोचन गरेर बजारमा ल्याउँदै छौं ।’ डा सापकोटा २०५५ सालमा भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसको प्राध्यापकको रुपमा शैक्षिक क्षेत्रमा प्रवेश गरेका थिए । सापकोटाको यो चौथो कृति हो । यसअघि उनले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको जीवनीमा आधारित दुई पुस्तक र नेपालको कम्युनिस्ट आन्दोलनबारे एक पुस्तक प्रकाशित गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>