Breaking News

संसद विघटनको विरोधमा सोमबार सबै निर्वाचन क्षेत्रमा कांग्रेसले प्रदर्शन गर्ने

Banner

काठमाडौं । नेपाली कांग्रेसले यही पुस १३ गते सोमबार १ सय ६५ वटै निर्वाचन क्षेत्रमा संसद विघटनको विरोधमा प्रदर्शन गर्ने भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार विज्ञप्ति जारी गर्दै सोमबार हुने प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् ।

सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार देशभका १६५ वटै निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रदर्शन गर्न आह्वान गरेका दिएका हुन् ।

‘विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरूसँगको बसेको बैठकमार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको छु, ‘विज्ञप्तिमा भनिएको छ, ‘संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरूद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>