Breaking News
बामदेव गौतम र प्रचण्डबीच भेटवार्ता, संसद विघटनको विपक्षमै रहेको बामदेवको भनाइ
०

काठमाडौँ, पुस ११ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतम र अध्यक्ष (प्रचण्ड–नेपाल खेमा) का पुष्पकलम दाहाल ‘प्रचण्ड’बीच बीच भेटवार्ता भएको छ ।
प्रचण्डसँगको वार्ताका लागि शनिबार बिहान गौतम खुमलटार पुगेका हुन् । प्रचण्डले गौतमलाई शनिबार बिहान आफ्नै निवास खुमलटारमा बोलाएका थिए ।
संसद विघटनसँगै नेकपामा संकट देखिएपछि गौतम तटस्थ छन् । अहिलेसम्म गौतमले कित्ता स्पष्ट पारेका छैनन् ।
तर भेटवार्तामा उपाध्यक्ष गौमले आफू संसद विघटनको विपक्षमा रहेको भन्दै आफ्नो अडान कायमै रहने बताएका थिए । भेटमा प्रचण्ड–माधव समूहका अन्य नेताहरु पनि सहभागी थिए । जसरी भए पनि पार्टी एकतालाई कायम राख्नु पर्ने उनले बताएको स्रोतको भनाइ छ ।
सचिवालयका सबै नेताको कित्ता प्रष्ट भैसके पनि वामदेव गौतम भने कतै देखिएका छैनन् तर संसद विघटनको भने विरोध गरिरहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























