Breaking News

चितवनमा ट्रिपरको ठक्करबाट नुवाकोटका तामाङको मृत्यु

Banner

चितवन, पुस १०–

पूर्वपश्चिम लोकमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ विद्युत् चोकमा ट्रिपरको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको बुङताङका २५ वर्षीय सुबबहादुर तामाङ रहेका छन् ।

नारायणगढबाट लोथरतर्फ गइरहेको ना६ख २३९८ नम्बरको ट्रिपरले विपरीत दिशाबाट आइरहेको बा४१प ८६४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ट्रिपरको ठक्करबाट घाइते तामाङको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । दुवै सवारी साधन र ट्रिपर प्रहरीको नियन्त्रणमा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>