Breaking News

प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, नयाँ मन्त्रीले लिए शपथ

Banner

काठमाडौं, पुस १०–

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त आठ मन्त्रीलाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनालगायतको उपस्थिति थियो । थप भएका नयाँ मन्त्रीहरु सिँचाइ, ऊर्जा तथा जलस्रोत टोपबहादुर रायमाझी, शहरी विकास प्रभु साह, खानेपानी मणि थापा, वन तथा वातावरण प्रेम आले, सामान्य प्रशासन तथा सङ्घीय मामिला गणेशसिंह ठगुन्ना, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक जुलीकुमारी महतो, श्रम, रोजगार तथा सामाजिक सुरक्षा गौरीशङ्कर चौधरी र युवा तथा खेलकूद दाबा लामाले शपथ लिनुभएको हो ।

यसैबीच नवनियुक्त उद्योग राज्यमन्त्री विमला विश्वकर्मालाई प्रधानमन्त्री ओलीले शपथ गराउनुभएको छ । प्रधानमन्त्रीले आज मौजुदा मन्त्रिपरिषद्मा नयाँ नौ सदस्य थप गर्नाका साथै केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>