Breaking News

नेकपाको आधिकारिकता दाबी गर्दै प्रचण्ड–नेपाल निर्वाचन आयोग पुगे

Banner

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता दाबी गर्न प्रचण्ड–नेपाल निर्वाचन आयोग पुगेका छन् ।

आयोगमा पुगेर प्रचण्ड–नेपाल समूहका नेकपा अध्यक्ष पुष्पकमल दाहालले दुई तिहाइ केन्द्रीय सदस्य निर्वाचन आयोगमा उपस्थित हुन तयार रहेको बताए ।

ओयाग पुग्नेमा वरिष्ठ नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ प्रकाशसहितका नेताहरु पनि छन् । त्यसअघि उनीहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका थिए । उनीहरुले त्यहाँ नाराबाजी गरे । त्यसपछि उनीहरु पार्टीको आधिकारिकता दाबी गर्नका लागि आफ्नो खेमामा रहेका सबै केन्द्रीय सदस्य तथा सांसदहरुसहित शुक्रबार निर्वाचन आयोग पुगेका हुन् ।

आफूहरुको पक्षमा बहुमत रहेको र आफूहरु नै आधिकारिक नेकपा रहेको देखाउनका लागि प्रचण्ड–नेपाल पक्षले आन्दोलनसहित बृहत टोली लिएर आयोग गएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>