Breaking News

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

Banner

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेलुका ६ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बेलुका बस्ने बैठकमा समसायिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।

गएको आइतबार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् मार्फत प्रतिनिधिसभा विघटनको सिफारिस गराई राष्ट्रपति समक्ष लगेका थिए । सोही दिन राष्ट्रपतिले संसद विघटन गरेकी थिइन् । त्यसपछि प्रचण्ड–नेपाल खेमाका सात मन्त्रीले राजीनामा दिएका छन् । संसद विघटनपछि पहिलोपटक मन्त्रीपरिषद बैठक बस्न लागेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>