Breaking News

वाग्मती प्रदेशको प्रस्तावित मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य

Banner

हेटौंडा, पुस १०–

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको असर अब प्रदेश तहमा पुगेको छ । यसको सुरुवात वाग्मती प्रदेशबाटै भएको छ । आज (शुक्रबार) पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव कुमार नेपाल पक्षले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव नै पेश गरेका छन् । ४५ जना सांसदको हस्ताक्षर गरी प्रस्ताव पेश गरिएको हो ।

सो समूहले नयाँ मुख्यमन्त्रीको रुपमा माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरेको छ । अविश्वास प्रस्तावका प्रस्ताव शालिकराम जमकट्टेलले मुख्यमन्त्रीमा शायक्यको नाम सिफारिस गरेको हो । शाक्य यसअघि पनि मुख्यमन्त्री बन्ने लाइनमा थिइन् । तत्कालीन एमाले संसदीय दल निर्वाचनमा पौडेल र नेत्री शाक्यबीच मतदान भएको थियो । पौडेलले ३४ र शाक्यले २४ मत पाएका थिए । नयाँ सरकार गठनका लागि ५६ मत आवश्यक पर्छ ।

अविश्वासको प्रस्ताव दर्ता भएपछि तत्कालै प्रचण्ड–माधव समूहले एक्लै सरकार बनाउने अवस्था छैन । कुल ११० सदस्य प्रदेश सभामा नेकपाका ८० जना सांसद छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>