Breaking News

प्रतिनिधि सभा विघटनविरूद्धका मुद्धामा सुनुवाई सुरु

Banner

काठमाडौं, पुस १०–

प्रतिनिधि सभा विघटनविरूद्ध परेका रिटहरूको अहिले सर्वोच्च अदालतमा सुनुवाई सुरु भएको छ । तर सुनुवाइ पूर्व नै सर्वोच्च अदालतले गठन गरेको संवैधानिक इजलासमै वकिलहरूले प्रश्न उठाएका छन्।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले इजलास गठनमा प्रश्न उठाए। उनले इजलास गठन नमिलेको बताए।

अहिले ती रिटहरूमा सुनुवाइ भइरहेको छ। रिटको सुनुवाइका लागि प्रधानन्यायाधीश राणाले आफूसहित पाँच जनाको इजलास बनाएका थिए।

इजलासमा राणासहित न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>