Breaking News

ओलीले प्रचण्डलाई नेकपाको कार्यकारी अध्यक्षबाट हटाए

Banner

काठमाडौँ, पुस ९-

प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षबाट निष्काशन गरेको छ । बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष दाहाललाई कारबाही गरी कार्यकारी अध्यक्ष पदबाट हटाएको हो ।

अक्षमता प्रदर्शन गरेको र पार्टीमा ध्यान नपु¥याएको भन्दै उनलाई कार्यकारी अध्यक्षको जिम्मेवारीबाट हटाइएको हो । अब बैठकका निर्णयहरुमा प्रधानमन्त्री ओलीको मात्र हस्ताक्षर चल्ने बनाइएको छ । नेकपा ओलीपक्षीय केन्द्रीय कमिटी सदस्य खिमलाल भट्टराईका अनुसार दाहाललाई कार्यकारी अध्यक्षबाट हटाएपछि अब ओलीको मात्र हस्ताक्षर चल्नेछ । बैठकमा हजारभन्दा बढी सहभागी भएको दाबी गरिएको छ ।
बैठकमा मूलतः चुनाव निर्धारित मितिमा कसरी गर्ने भन्नेमा छलफल केन्द्रित थियो । केन्द्रीय कमिटी बैठकका एजेन्डाहरु स्थायी समिति बैठकले तय गर्ने निर्णय पनि भएको छ । यसअघि अध्यक्ष दाहाल–नेपाल पक्षको बैठकले पनि प्रधानमन्त्री ओलीलाई कारबाही गरेर अध्यक्ष पदबाट हटाएर अर्को अध्यक्षमा वरिष्ठ नेता माधवकुमार नेपाललाई ल्याएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>