चितवन विशेष

दोलखामा ट्रक पल्टँदा चितवनका तामाङको मृत्यु, एक घाइते

Banner

चितवन, पुस ९-

दोलखामा ट्रक दुर्घटना हुँदा चितवनका एक सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

दोलखाको भिमेश्वर नगरपालिका–५ स्थित चरिकोट जिरी सडकखण्डमा ना ७ ख ३२६८ नम्बरको ट्रक अचानक पल्टिँदा चितवनको राप्ती नगरपालिका–९ घर भएक ट्रकका सहचालक २४ वर्षीय बुद्धिबहादुर तामाङको मृत्यु भएको हो ।

नवलपरासीबाट तामाकोसीस्थित लामा कन्स्ट्रक्सनका लागि जाली बोकेर जाँदै गरेको ट्रक पल्टिएर च्यापिँदा उनको घटनास्थलमै मृत्यु भएको दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए ।

कोइरालाका अनुसार दुर्घटनामा परी सोही ठाउँका ट्रक चालक ३० वर्षीय अर्जुन बराल घाइते भएका छन् । उनलाई उपचारका लागि चरिकोट अस्पताल लगिएको उनले बताए । दुर्घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>