Breaking News
संसद विघटनविरुद्ध पुस १३ गते देशभर प्रदर्शन गर्ने काँग्रेसको निर्णय
०

काठमाडौं, पुस ९–
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पुस १३ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ ।
बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले संसद विघटनविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्षसहित कांग्रेसले यहीँ पुस १३ गते देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरिएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























