चितवन विशेष

चितवनको रत्ननगरका सुकुमबासीको भूमि आयोगद्वारा निवेदन माग

Banner

चितवन, पुस ८-

भूमिसम्बन्धी समस्या समाधान आयोगले चितवनको रत्ननगर नगरपालिकामा रहेको सुकुमबासीहरुको ३५ दिनभित्र निवेदन माग गरेको छ ।
रत्ननगरसहित आयोगले १४ वटा पालिकामा निवेदन माग गरेको हो ।

आयोगले कन्काई नगरपालिका, बेलका नगरपालिका, धनगढीमाई नगरपालिका, हरिवन नगरपालिका, वाग्मती गाउँपािलका, रुपा गाउँपालिका, कावासोती नगरपालिका, कञ्चन गाउँपालिका, बबई गाउँपालिका, गुर्भाकोट नगरपालिका, चौकुने गाउँपालिका, गौरीगङ्गा गाउँपालिका र कृष्णपुर नगरपालिकाका भूमिहीन, दलित, भूमिहीन सुकुमबासीलाई निवेदन दिन आग्रह गरेको छ ।

भूमिहीन दलित र भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउने र अन्य व्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन मागिएको आयोगका प्रवक्ता भीमबहादुर कार्कीले जानकारी दिए । आयोगले माथिका १४ सहित ४९ पालिकामा आफ्नो कार्यालय स्थापना गरिसकेको छ । ७५३ मध्ये १९२ वटा पालिकासँग लगत संकलन सम्झौता भएको प्रवक्ता कार्कीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>