Breaking News

प्रचण्ड भन्छन्ः जनताको काम गर्ने गरी नयाँ सरकार बनाउँछु

०
Banner

काठमाडौं, पुस ८–

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको संसदीय दलको नेतामा चयन भएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार गठनमा आफ्नो ध्यान केन्द्रित हुने बताएका छन् ।

संचारकर्मीरुसंग छोटो प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले राष्ट्र र जनताको अपेक्षा अनुसार काम गर्ने गरी नयाँ सरकार गठन गर्नेतर्फ आफू केन्द्रित हुने बताए । उनले भने–‘सबै राष्ट्रिय राजनीतिक दलहरुण्,जो संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छन् ती सबैलाई एकतावद्ध गर्नु, सबैसंग इमान्दारिता ढंगले सहकार्य गर्नु र त्यो एकताको बलमा प्रतिनिधिसभालाई जिवित तुल्याउनु, राष्ट्र र जनताको अपेक्षा अनुसार काम गर्ने गरी नयाँ सरकार गठन तिर मेरो ध्यान जान्छ ।’

अध्यक्ष प्रचण्डले अहिले धेरै चुनौतीको सामना गर्नु पर्ने भन्दै तत्काल संघीय लोकतन्त्र र प्रतिनिधि सभालाई जिवन्त राख्ने प्रयास गर्ने प्रतिवद्धता जनाए । उनले भने–‘ विश्वास छ, नेपाली जनताको भरोसामा सबै राजनीतिक दलसंग सहकार्य गर्दै सबै माननिय सदस्यहरुको पनि विश्वास लिएर संसदलाई जिवित राखि राख्नु र त्यहाँबाट जनता र राष्ट्रको पक्षमा काम गर्न मैले सबै तागत लगाउने छु, ।’ उनले थपे–‘ मलाई विश्वास छ अन्तत हामी सफल हुन्छौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>