Breaking News

प्रचण्ड भन्छन्ः जनताको काम गर्ने गरी नयाँ सरकार बनाउँछु

Banner

काठमाडौं, पुस ८–

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको संसदीय दलको नेतामा चयन भएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार गठनमा आफ्नो ध्यान केन्द्रित हुने बताएका छन् ।

संचारकर्मीरुसंग छोटो प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले राष्ट्र र जनताको अपेक्षा अनुसार काम गर्ने गरी नयाँ सरकार गठन गर्नेतर्फ आफू केन्द्रित हुने बताए । उनले भने–‘सबै राष्ट्रिय राजनीतिक दलहरुण्,जो संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छन् ती सबैलाई एकतावद्ध गर्नु, सबैसंग इमान्दारिता ढंगले सहकार्य गर्नु र त्यो एकताको बलमा प्रतिनिधिसभालाई जिवित तुल्याउनु, राष्ट्र र जनताको अपेक्षा अनुसार काम गर्ने गरी नयाँ सरकार गठन तिर मेरो ध्यान जान्छ ।’

अध्यक्ष प्रचण्डले अहिले धेरै चुनौतीको सामना गर्नु पर्ने भन्दै तत्काल संघीय लोकतन्त्र र प्रतिनिधि सभालाई जिवन्त राख्ने प्रयास गर्ने प्रतिवद्धता जनाए । उनले भने–‘ विश्वास छ, नेपाली जनताको भरोसामा सबै राजनीतिक दलसंग सहकार्य गर्दै सबै माननिय सदस्यहरुको पनि विश्वास लिएर संसदलाई जिवित राखि राख्नु र त्यहाँबाट जनता र राष्ट्रको पक्षमा काम गर्न मैले सबै तागत लगाउने छु, ।’ उनले थपे–‘ मलाई विश्वास छ अन्तत हामी सफल हुन्छौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>