Breaking News
संसद विघटन प्रकरणः सर्वोच्चद्धारा तत्काल स्थगनको आदेश दिन अस्विकार

काठमाडौं, पुस ८–
संसद विघटनलाई लिएर सर्वोच्च अदालतमा परेको दर्जन बढी निवेदन उपर बुधबार सुनुवाई सुरु भइपछि धेरैलाई लागेको थियो सर्वौच्चले अन्तरिम आदेश दिेनेछ । तर त्यसको ठिक विपरीत अदालत मौन बसेको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी निवेदनहरुको प्रारम्भिक रुपमा एकमुष्ट सुनुवाई गरी त्यसलाई यथास्थितिमा राख्नेगरी अल्पकालीन आदेश दिन अस्वीकार गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले सबै निवेदनलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो । अब सम्भवत शुक्रबार बस्ने संवैधानिक इजलासमा सबै निवेदनहरुको एकमुष्ट सुनुवाइ हुनेछ ।
सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिन अस्वीकार गरे पनि ुअन्तरिम आदेश’ दिने सम्भावना नै अन्त्य भने भएको छैन । शुक्रबार संवैधानिक इजलासमा निवेदकहरु र सरकारी पक्षको बहस सुनुवाइ गरेर पनि अन्तरिम आदेश दिने सम्भावना भने बाँकी नै छ । तर प्रधानन्यायाधीश जबराले संसद् विघटनको निर्णयलाई तत्काल नरोके अपूरणीय क्षति हुनसक्ने भन्दै आदेश माग भएको विषयमा भने राष्ट्रपतिको संसद विघटनसम्बन्धी सूचना यथास्थितिमा राख्न’ जरुरी नदेखेका हुन् । प्रतिवाद गर्नका लागि विपक्षीहरू आएकाले उनीहरूलाई पनि सुन्नुपर्ने प्रधानन्यायाधीशको भनाइ थियो ।
























