Breaking News
कालीगण्डकी करिडोरको भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु
०

नवलपुर, पुस ३ – कालीगण्डकी करिडोरको भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ ।
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–३ स्थित कालीगण्डकी करिडोरको भोक्रोफाँटमा ना३ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक दुर्घटनामा परेको हो ।
घटनास्थल गैंडाकोटस्थित पूर्व–पश्चिम राजमार्गदेखि करिब ३५ किलोमिटरको दुरीमा पर्छ । ट्रक बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गर्दा दुर्घटनामा परेको हो । ट्रक पहराबाट करिब एक सय मिटर तल खसेको छ । कालीगण्डकी करिडोरमै काम गर्ने ट्रक दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरासी पूर्वका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनबहादुर खाँणका अनुसार दुर्घटनामा परी ३ जना पुरुषको घटनास्थलमै मृत्यु भएको छ । मृतकको सनाखत भैसकेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























