Breaking News

नेकपा ओली समूहले आज सातै प्रदेशमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्दै

Banner

काठमाडौं, पुस ८ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज सातै प्रदेशमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्दैछ ।

आगामी २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको ओली समूहले आज सातै प्रदेशमा प्रशिक्षण गर्न लागेको हो ।

ओली पक्षले मंगलबार बालुवाटारमा केन्द्रीय समिति बैठकमार्फत ५५६ जना केन्द्रीय सदस्य थप थियो । ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीका अुनसार मनोनित केन्द्रीय सदस्यहरुलाई कार्यगत प्रशिक्षण दिन कर्णाली प्रदेशमा स्थायी समिति सदस्य शंकर पोखरेललगायत नेताहरु छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्यलाई खटाइएको छ ।

त्यस्तै प्रदेश नं. १ मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्वाहाम्फेलाई खटाइएको छ ।

ज्ञवालीका अनुसार लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा खटिने भएका छन् भने गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेललाई जिम्मेवारी दिइएको छ ।

बागमती प्रदेशमा प्रशिक्षणको जिम्मा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल तथा प्रदेश नं २। ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा स्थायी समिति सदस्य लेखराज भट्ट, प्रदीप ज्ञवाली तथा नेता कर्णबहादुर थापा र डा. विन्दा पाण्डेलाई खटाएको सूचना प्रवक्ता ज्ञवालीले जारी गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>