चितवन विशेष

चितवनमा घाइते अवस्थामा रहेका युवक लागूऔषधसहित पक्राउ

Banner

चितवन, पुस ७–

चितवनमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

सोमबार अपरान्ह भरतपुर महानगरपालिका–१ स्थित रामनगर सडक खण्डमा मोटरसाइकल पल्टिएर घाइते अवस्थामा रहेका युवकलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो । नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ग १८ प ५९०० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

मोटरसाइकलका चालक कास्कीको पोखरा महानगरपालिका–२७ का ३१ वर्षीय सुवास गुरुङ घाइते अवस्थामा रहेको बेला पुगेको प्रहरी टोलीले झोलामा चेकजाँच गर्दा लागूऔषध फेला पारेको थियो ।

प्रहरीले उनको साथबाट प्रतिवन्धित लागूऔषध डाइजेपाम ३ सय एम्पुल, व्यूप्रिनोर्फिन ३ सय एम्पुल, फेनारगन ३ सय एम्पुल बरामद गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>