Breaking News
ओलीलाई अध्यक्षबाट हटाएको प्रचण्ड–माधव समूहको घोषणा
०

काठमाडौं, पुस ७–
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएको प्रचण्ड–माधव समूहले घोषणा गरेको छ ।
बबरमहलस्थित कार्की ब्याङक्वेटमा चलिरहेको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी दुई तिहाइ बैठकले प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाइएको घोषणा गरेको हो ।
बैठकमा ३१० केन्द्रीय सदस्यले हस्ताक्षर गरेको पाइएको छ । यो संख्या नेकपाको वर्तमान केन्द्रीय कमिटीको दुई तिहाइभन्दा पनि बढी हो ।
नेकपाको वर्तमान केन्द्रीय कमिटीमा ४४७ जना छन्, जसमध्ये केहीको मृत्यु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























