Breaking News
माधव नेपाल भन्छन्ः नेकपा एमाले ब्यूँतन सक्दैन
०

काठमाडौं, पुस ७–
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले अब कुनै पनि हालतमा पुरानो नेकपा (एमाले) ब्यूँतन नसक्ने दावी गरेका छन् ।
पार्टी प्यालेसमा जारी प्रचण्ड–माधव समूहका केन्द्रीय सदस्यहरुको भेलालाई सम्बोधन गर्दै नेता नेपालले एमाले विघटन भएर अन्त्य भइसकेको बताए । उनले भने–‘एमाले पार्टी सकिएको उहिल्यै हो, एमाले अब व्यूँतन सक्ने कुनै आधार छैन ।’
उनले पार्टीका पहिलो अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको बैठक गुटको भेला मात्र भएको टिप्पणी गरे । उनले बहुमत केन्द्रीय सदस्यहरु आफूहरु तिरै रहेको भन्दै ओलीको बैठक गुटको भेला मात्रै भएको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























