Breaking News

नेकपा अध्यक्ष ओलीद्वारा चितवनका आठ नेतालाई केन्द्रीय सदस्यमा मनोनित (नामसहित )

Banner

चितवन, पुस ७-

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको केन्द्रीय समिति बैठकमा चितवनका आठ जना नेता केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

नेकपा केन्द्रीय कमिटीको तेस्रो बैठकबाट केन्द्रीय कमिटी सदस्यमा चितवनका नेकपा नेताहरु हरि सापकोटा, जेएन थपलिया, दावा लामा, विजय सुवेदी, प्रभा बराल, शारदा कुमाल, कपिल पोख्रेल र पार्वती रावल मनोनित भएका छन् । फुटको संघारमा पुगेको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रूपमा ५५६ जना केन्द्रीय सदस्य थपेका हुन्। मंगलबार बिहान बालुवाटारमा भएको आफूनिकट केन्द्रीय सदस्यको भेलामा एक हजार १९९ जना महाधिवेशन आयोजक समिति बनाउने भन्दै तत्काल ५५६ जना केन्द्रीय सदस्य थप्ने निर्णय गरेका हुन् ।

नेकपामा अहिले ४४६ जना केन्द्रीय सदस्य छन्। केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी हिजो उनले मनोनयन गरेका थिए । १९७ जना पछि थप्ने गरी ओलीले महाधिवेशन आयोजक समिति बनाउने योजना बनाएका छन् । मनोनित सदस्यहरूले आजै पद तथा गोपनीयता सपथ लिएका छन् ।

बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली समूहको बैठक सकिएको छ । झन्डै दुई घण्टा चलेको बैठकमा प्रधानमन्त्री ओलीले ५५६ जना नयाँ केन्द्रीय सदस्य थपेका छन् भने उनीहरूलाई शपथ पनि खुवाएका छन् । आजको बैठकले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई बनाउने निर्णय पनि गरेको छ।

बैठकले आज थपिएकासहित एक हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति पनि बनाएको छ। आयोजक समितिको बैठक पर्सी पुस ९ गते बस्ने गरी सकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>