Breaking News

महासचिवले बोलाएकाले आफूहरुको बैठक बैधानिक भएको ओली पक्षको भनाइ

Banner

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले आफूहरुको बैठकमात्र वैधानिक हुने बताएको छ ।

आज बालुवाटारमा बसेको नेकपा ओली समूहको केन्द्रीय समिति बैठकबाट प्रवक्ताको जिम्मेवारी पाएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रचण्ड–माधव नेपाल समूहको बैठक आधिकारिक नहुने बताएका हुन् । पार्टीको मौजुदा विधानले महासचिवले नै बैठकको सूचना र एजेण्डा तय गर्ने भनेकाले आफूहरु नै वैधानिक भएको ज्ञवालीको भनाइ छ ।

बैठकपछि उनले भने, ‘पार्टीको अध्यक्ष, महासचिव र माइन्युटबिना पनि बैठक बस्छ र ? त्यो बैठकको निर्णयको कुनै वैधानिकता हुने कुरा पनि भएन ।’ यस्तै उनले नेकपा विभाजित नभई एकताबद्ध भएको पनि जिकिर गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>