Breaking News
प्रमुख ३ दलको बैठक: संसद विघटन विरुद्ध प्रतिवाद गर्ने निश्कर्ष
०

काठमाडौं पुस,६-
संसद विघटन गर्ने सरकारको कदमबारे छलफल गर्न बसेको प्रमुख ३ दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको ठहर गर्दै प्रतिवादका कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेसको आह्वानमा उसैको पार्टी कार्यालय सानेपामा बसेको नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीसहितको बैठकले आ -आफ्नो पार्टीभित्रको छलफलपछि तीनै दलले संसद् विघटन कदमविरुद्ध प्रतिवादका कार्यक्रम सार्वजनिक गर्ने भएका छन् ।।
३ दलको बैठकले यसविरुद्ध प्रतिवाद गर्ने भन्ने निश्कर्ष पनि निकालेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । तर कसरी प्रतिवाद गर्ने भन्नेबारे भने मंगलबार तीनवटै पार्टीको केन्द्रीय कमिटीको बैठक रहेकाले उक्त बैठकमा छलफल गरेपछि पुनः बैठक बस्ने सहमति भएको श्रेष्ठले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























