चितवन विशेष

नवचितवन सहकारीद्वारा खनाललाई सम्मान

Banner

चितवन, पुस ६-

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा निर्वाचित चितवनका अरुणेश्वर खनाललाई भरतपुरको नवचितवन बचत तथा ऋण सहकारी संस्थाले सम्मान गरेको छ ।

संस्थाका शेयर सदस्यसमेत रहेका खनाललाई सहकारीले आइतबार आयोजित एक समारोहकाबीच सम्मान गरेको हो । सम्मान समारोहमा सहकारीका अध्यक्ष जगदिश्वर खनालले आफ्नो संस्थाका सदस्य नेपाल जेसीज जस्तो गरिमामय संस्थाको राष्ट्रिय अध्यक्षमा निर्वाचित भएकोमा खुसी व्यक्त गरे । समारोहमा नवनिर्वाचित अध्यक्ष खनालले आफ्नो विजयमा सहकारीको समेत महत्वपूर्ण भूमिका रहेको भन्दै धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा संस्थाका सचिव बाबुहरि आचार्य, ऋणसमिति संयोजक कृष्णविलास अधिकारी, प्रथम महिला प्रमिला सुवेदी, बीसहजार जेसीजका पूर्वअध्यक्षहरु रमेश वस्ताकोटी, राजाराम परियार, कुमार निवर्तमान अध्यक्ष सन्तोष मजाकोटीलगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>