Breaking News

चितवनमा‘घुमौं सौराहा’ अभियान सुरु हुँदै, पर्यटनमा नयाँ आयाम थपिने आशा

Banner

चितवन, पुस ६-

चितवनको पर्यटकीय नगरी सौराहामा पहिलो पटक पर्यटन प्रवद्र्धनका लागि घुमौँ सौराहा अभियान सुरु गरिने भएको छ ।

नाकाबन्दी, भूकम्प, मुग्लिन नारायणगढ सडक स्तरोन्नतिका कारण मारमा परेको सौराहा कोरोना भाइरससँगै ठप्प बनेको थियो । जसका लागि होटल व्यवसायीको साझा संस्था क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा ‘घुमौँ सौराहा’ अभियान सुरु गर्न लागिएको हो ।

आन्तरीक पर्यटन मार्फत क्रमिकरुपमा चलायमान बन्दै गएको सौराहामा पर्यटक आर्कषित प्याकेजसहित देशका विभिन्न भागमा पत्रकार सम्मेलनसँगै व्यवसायिक भेटघाट राख्दै यही पुस १० गतेबाट अभियान सुरु गरिने क्षेत्रीय होटल संघका अध्यक्ष दिपक भट्टराईले जानकारी दिए । अभियानको क्रममा पुस १० विराटनगर, पुस ११ जनकपुर, पुस १२ विरगंजमा विविध कार्यक्रम गरिनेछ ।

कोरोना भाइरसका कारण पर्यटन उद्योग ठप्प छ अध्यक्ष भट्टराईले भने, ‘स्वदेशभित्र भने घुम्न र पर्यटकलाई आर्कषित गर्न घुमौँ सौराहा अभियान सुरु गर्न लागेका हौँ । चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सौराहामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा दुर्लभ वन्यजन्तु गैँडा, बाघ, भालुलगायतका जनावर हेर्न स्वदेशी र विदेशी पर्यटक आउने गर्छन् । सौराहा देशको तेस्रो पर्यटकीय गन्तव्य हो ।

स्वदेशी पर्यटकलाई सस्तो मूल्यमा घुम्न पाउने अवसर दिने योजना अनुसार सुरु गरिने कार्यक्रमले सौराहाको पर्यटनमा नयाँ आयाम थपिने होटल संघका महासचिव गुणराज थपलियाले बताए । कोरोनाका कारण घरमै बस्दा हैरान भएको व्यक्तिहरु घुम्ने प्रचलन बढ्दै गएकाले आकर्षक प्याकेजसहित कार्यक्रम घोषण गर्ने संघले जनाएको छ ।

‘ हाम्रो उद्देश्य नेपालीहरुले विदेश होइन स्वदेशमै घुम्नुपर्छ भन्ने मान्यता अनुसार सस्तो प्याकेजसहित घुमौँ सौराहा अभियान ल्याएका हौं’ थपलियाले भने । यसले सबैलाई आर्कषित गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>