Breaking News

प्रचण्ड–माधव पक्षका पूर्वसांसदहरुको भेला सुरु

Banner

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका निवर्तमान सांसदहरुको भेला सुरु भएको छ ।

काठमाडौको नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा भेला सुरु भएको हो । भेलामा प्रचण्डसहितका नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल लगायत सहभागी छन् ।

भेलामा संसद विघटन गरिसकेपछिको अवस्थामा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ । यो भेलालाई प्रचण्ड पक्षले संसदीय दलको बैठक भनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>