Breaking News

पोखरामा केपी ओलीको समर्थनमा प्रदर्शन, घन्कियो ‘सही पनि एमाले, मै पनि एमाले’

Banner

पोखरा, पुस ६–

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा पोखरामा प्रदर्शन गरिएको छ ।

जताततै ओलीको विरुद्धमा प्रदर्शन भइरहेको बेला पोखरामा ओलीको समर्थनमा प्रदर्शन भएको हो । संसद विघटन गरेर राम्रो गरेको भन्दै ओलीको कदमको पक्षमा नेकपाका युवा तथा विद्यार्थीहरुको समूहले प्रदर्शन गरेको हो ।

प्रदर्शनमा युवा संघका पूर्वअध्यक्ष तथा प्रदेश सांसद राजीव पहारी, पोखरा महानगरका ईन्चार्ज दीपक पौडेललगायत पनि सहभागी थिए ।
उनीहरुले प्रदर्शनमा नारा लगाउँदै भनेका छन् ‘ नेपाल कम्युनिस्ट पार्टी हाम्रै हो, सूर्य चिह्न हाम्रै हो । यो बिना प्रचण्ड–माधवले चुनाव जितेर देखाऊ ।’

उनीहरुले सही पनि एमाले, मै पनि एमाले नारा पनि लगाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>