Breaking News

सिंहदरबारअघि संसद विघटनविरुद्ध प्रदर्शन गर्न खोज्नेहरु पक्राउ

Banner

काठमाडौं । सिंहदरबारअघि संसद विघटनविरुद्ध प्रदर्शन गर्न खोज्नेहरु पक्राउ परेका छन् ।

सोमबार बिहान प्रदर्शनको लागि सिंहदरबार अघि पुगेका मानव अधिकार तथा शान्ति समाजको टोलीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा मानव अधिकार तथा शान्त्रि समाजका संस्थापक कृष्ण सभापति पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, पुर्व महासचिव कुमारराज सुवेदी, सचिव बलबहादुर गाहा मगर, काठमाडौं शाखा सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, अधिकारकर्मीहरु अमृतजंग महत, ईश्वर पुडासैनी, माँया भट्टराई, महेश आचार्य, बच्चुराम शर्मा, विकास थापा, किरण ढकाल, चिरञ्जीवी खड्का र तुलसीराम भण्डारी रहेका छन् ।

उनीहरूले ‘संसद विघटन लोकतन्त्रको सबैभन्दा ठूलो उपहास हो,’ प्रतिनिधि सभा विघटन असंवैधानिक अलोकतान्त्रिक र स्वेच्छाचारी’ लेखिएको प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>