Breaking News

मलाई काम गर्न नदिने अनि प्रचण्ड प्रधानमन्त्री र झलनाथ राष्ट्रपति बन्ने पड्यन्त्र थियो : प्रधानमन्त्री ओली

Banner

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जाने आफ्नो रहर नभएको बताएका छन् ।

संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट आफू निकट संघीय सांसदहरुलाई बालुवाटारमा बोलाएर सम्बोधन गरेका ओलीले भने, ‘नचाहँदा नचाहँदै पनि यस्तो निर्णय गर्न बाध्य बनाइयो ।’

पार्टीभित्र आफूलाई घेराबन्दी गर्ने, देशी विदेशी शक्तिसँग मिलेर षड्यन्त्र गर्ने र सरकारलाई काम गर्न नदिने खेल भएपछि नयाँ जनादेशको निर्णय लिएको उनले बताए ।

बालुवाटारमा आफुपक्षीय निवर्तमान सांसदहरुको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड लगायतका नेताहरुको उद्देश्य पार्टी एकतापछि कब्जा गर्ने उद्देश्य रहेको बताए ।
ओलीले पार्टी एकता पवित्र उद्देश्यले गरिएपनि तर प्रचण्डको उद्देश्य खराब देखिएको पनि बताएका हुन् ।

त्यस्तै ओलीले पार्टीकै नेताहरुले सरकारका विरुद्धमा समाचार लेखाएको आरोप समेत लगाएका थिए । ‘म केपी ओली हुँ । प्रचण्ड भन्दा १० वर्ष पहिला पार्टीमा लागेको हुँ । तर मलाई अहिले पार्टीको साधारण सदस्यबाट हटाउने रे ?,’ ओलीको प्रश्न थियो । उनले आफ्नै कारण जनमत आएर पार्टीले झण्डै दुइतिहाइ ल्याएको समेत दावी गरेका थिए ।

‘आफै ओलीलाई छोडे भन्ने अनि आफै होइन मलाई नै चाहिन्छ भन्ने यो कस्तो तरिका हो ? आफु प्रधानमन्त्री हुने अनि राष्ट्रपति झलनाथलाई बनाउने यो सब योजना र षड्यन्त्र बुझेर मैले यो कदम चाल्न बाध्य भएको हुँ,’ संसद भङ्ग गर्नुपर्ने कारणबारे ओलीले प्रस्टयाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>