Breaking News

जनतासँग माफी मागेर मत माग्नुस्, : प्रधानमन्त्री ओली

Banner

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई जनादेशअनुसार काम गर्न नदिएको र पार्टी एकतालाई पनि पूर्ण गर्न नदिएकाले बाध्य भएर संसद विघटनको निर्णयमा पुगेको आफू पक्षीय सांसदहरुसँग बताएका छन् ।

बालुवाटारमा भएको विघटित संसदका आफू पक्षीय सदस्यहरुको भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

भेलामा सहभागी नेकपा नेता निरुदेवी पालले प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै भनिन्, ‘हामीले जनतासँग पाँच वर्षको स्थायी सरकारका लागि जनादेश मागेका थियौँ समृद्धि र विकासको नारासहित । सो अनुसार मलाई काम गर्न दिइएन । त्यसले अब जनतासँग माफी मागेर संसद विघटनको कारण स्पष्ट पारी मत माग्न जानु होला ।’

राष्ट्रपति विरुद्ध महाअभियोग तथा आफू विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएकाले बाध्य भएर संसद विघटन गरेको ओलीले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>