Breaking News

ओली निकट नेकपाका सांसदहरूको बैठक जारी

Banner

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाका सांसदहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

संसद विघटन गरी आगामी वैशाखमा मध्यावधि निर्वाचन गर्ने निर्णयबारे ओलीले सांसदहरुलाई ब्रिफिङ गर्ने बताइएको छ । बैठकमा पूर्वमाओवादीबाट मन्त्री बनेकाहरू पनि छन् । लेखराज भट्टसमेत सहभागी छन् । गृहमन्त्री रामबहादुर थापा (बादल) भने बालुवाटारको बैठकमा सहभागी छैनन् ।

प्रचण्ड–माधव नेपाल पक्षले पनि आजै सांसदहरूको अलग्गै बैठक बोलाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>