Breaking News

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीविरुद्ध सर्वाेच्चमा रिट दिने तयारी

Banner

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि कानुनीविज्ञहरुले उक्त कदम विरुद्ध रिट दायरको तयारी गरेका छन् ।

प्रधानमन्त्री र राष्ट्रपतिको कदम गैर संवैधानिक रहेको भन्दै त्यसका विरुद्ध हिजै रिट दायर गर्ने तयारी भएको भए पनि समय अभावका कारण आज सरेको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, अधिवक्ता लोकेन्द्र केसी, केशरजंग केसी लगायतले रिट दायर गर्दैछन् ।

यसअिघ पनि सर्वाेच्चमा रिट परिसकेको छ । अहिलेसम्म ‘तीन वटा रिट निवेदन आइसकेका छन् । प्राविधिक तयारी पुगेर आएका रहेछन् भने आज दर्ता हुन्छन्,’ सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडलेले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>