Breaking News

देशको हितका लागि संसद विघटनः महेश बस्नेत

०
Banner

चितवन, पुस ५–

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता महेश बस्नेतले देशको हितका लागि प्रतिनिधि सभा विघटन गरिएको बताएका छन् ।
आज (आइतबार) दिउँसो चितवनमा पत्रकारहरुसंग कुरागर्दै नेता बस्नेतले देश र जनताको हितका लागि संसद विघटन गरिएको बताए । उनले भने–‘संसद विघटन गर्नु प्रधानमन्त्रीको बाध्यता हो, यो देश र जनताको हितमै छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भङ्ग गरी वैशाख १७ र २७ गते मध्यावधी चुनाव गर्ने घोषणा गरेकी छन् ।

प्रधानमन्त्री निकट नेता बस्नेतले राष्ट्रपतिलाई महाअभियोग लगाउने र प्रधानमन्त्रीलाई हटाउने लगायतका षड्यन्त्र भएकाले संसद विघटन गर्नु परेको दाबी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>