Breaking News
संसद विघटनको विरुद्धमा भरतपुरको चौबिसकोठीमा विरोध प्रदर्शन (फोटोफिचर)
०

चितवन पुस ५-
संसद विघटनको विरुद्धमा चितवनमा विरोध पर्दशन भएको छ । आज भरतपुरको चौबिसकोठीमा विरोध प्रर्दशन भएको हो ।
नेकपाकै भातृसंगठन युवा संघद्वारा आयोजित विरोध प्रर्दशनमा उनीहरूले केपी ओलीविरुद्ध नारा लगाउँदै संविधानमाथि ‘कू’ भएकाले चरणबद्ध आन्दोलन सुरु भएको बताएका छन् ।
जनताले लडेर ल्याएको लोकतन्त्र र संविधान प्रधानमन्त्री ओलीले प्रहार गरेको बताएका छन् । संसदको विघटनको विरुद्धमा चरणबद्ध आन्दोलनमा उत्रने उनीहरुले जनाएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन्।

राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























