Breaking News

संसद विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक : गगन थापा

Banner

काठमाडौँ,   पुस  ५–

नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्रीबाट भएको संसद विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लहडको भरमा संसद विघटनको निर्णय गरेको भन्दै त्यसलाई संविधानले कुनै पनि अवस्थामा स्वीकार नगर्ने बताएका हुन् ।

उनले ट्वीट गरेका छन्, ‘संविधान निर्माण गर्दा पाँच वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ । प्रधानमन्त्रीले लहडमा गरेको संसद विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ । यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे व्याख्या भए पनि तीन वर्ष अगाडि जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससँगै सकिएको छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>