Breaking News

संसद विघटनको सिफारिस संविधान विपरीत, सबैले प्रतिवाद गरौं: डा. भट्टराई

Banner

काठमाडौं पुस, ५

जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले संसद विघटनको सिफारिस संविधान विपरीत भएको बताएका छन् । साथै उनले यसको सबैले प्रतिवाद गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका थिए । यसको चौतर्फी आलोचना भइरहेको छ ।

जसपा नेता भटटराइले संविधानसभाबाट ल्याएको सुधारिएको प्रणालीको पनि धज्जी उडाएको बताए । उनले अघि भने, यो लोकतन्त्रको मर्म विपरीत छ, संविधानको प्रावधान विपरित छ ।’

दुई तिहाई नजिक बहुमत पाएको नेकपाका प्रधानमन्त्रीबाट गैर जिम्मेवारपूर्ण हर्कत भएको भन्दै उनले भने, ‘यो लोकतन्त्रको हितमा छैन । यसको सबैतिरबाट प्रतिवाद गरिनुपर्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>