Breaking News

संसद विघटन प्रस्तावको प्रतिवाद गर्छौः नेपाली काँग्रेस

Banner

काठमाडौं, पुस ५–

सरकारले संसद विघटन गर्ने प्रस्ताव गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कडा आपत्ति जनाएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष संसद विघटन गर्ने प्रस्ताव गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको प्रस्तावको राजनीतिक रुपमा प्रतिवाद गर्ने बताएका छन् । उनले भने, ‘प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्नुभएको हो भने त्यसको हामी राजनीतिक सबै रूपले प्रतिवाद गर्छौं।’

शर्माले संसद विघटन प्रधानमन्त्रीको अविवेकी निर्णय र अधिनायकवादी आकांक्षाको निर्णय भएको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>