Breaking News

नक्सा रोक्न पुस्तौं,पुस्तालाई पुग्ने प्रस्ताव आए, तर म डगमगाइनः मन्त्री अर्याल

Banner

काठमाडौं, पुस ४-

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले महिलाहरुमा क्षमता नै हुदैन भन्नेहरुलाई व्यवहारबाट कार्यान्वयन गरेर देखाउनुपर्ने बताउनुभएको छ । काठमाडौंमा क्रियाशील तथा अग्रज पत्रकार महिलाहरुको उपस्थितिमा ललितपुरमा आयोजना गरिएको एक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

सकारात्मक आलोचनाका लागि सधैं तयार हुनुपर्ने भन्दै मन्त्री अर्यालले सकारात्मक आलोचनाले मान्छेलाई सच्याउन मद्दत गर्ने बताउनुभयो । ‘महिलाहरुमा क्षमता नै छैन भन्नेहरुलाई जिम्मेवारीमा रहेका महिलाहरुले व्यवहारबाट कार्यान्वयन गरेर देखानुपर्छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘सकारात्मक आलोचनाबाट डराउनुप पर्दैन । यसलाई म सकारात्मक रुपमा नै लिन्छु । सकारात्मक आलोचनाले आफुलाई सच्याउन मद्दत गर्दछ ।’

आफू मन्त्रीको जिम्मेवारीमा आइसकेपछी राज्यबाट दिने सुबिधा श्रीमान र श्रीमती दुवैको नामबाट दिनुपर्छ भन्नेगरी भूमि नीतिमा व्यवस्था गरिएको भन्दै मन्त्री अर्यालले श्रीमान श्रीमती दुवैको नाममा जग्गा हुने व्यवस्था गर्न संयुक्त लालपुर्जाको व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबै ठाउँमा अनिवार्य हुनेगरी लागु गर्न सकियो भने, सम्पत्तिमाथि महिलाको अधिकार सुनिश्चित हुनेछ । यसले महिलामाथि हुने विभेदलाई न्यूनीकरण गर्न सकिन्छ ।’

अहिलेको जग्गा प्रशासन पारदर्शी र सुशासन भन्ने नाराका साथ आफू अगाडि बढेको भन्दै मन्त्री अर्यालले विगतमा छुटाइएको नेपालको जमिन समेटेर नक्सा सार्वजनिक गर्न आफूले निकै ठूलो चुनौतीका पहाडहरु समेत झेल्नुपरेको बताउनुभयो । तर, यो भनेको राष्ट्रका लागि गर्ने महत्वपूर्ण तथा ऐतिहासिक कार्य भएकाले त्यो काम गरेरै छाड्ने हिसाबले अगाडी बढेकाले नेपालले अद्यावधिक नक्सा जारी गर्न सम्भव भएको उहाँले बताउनुभयो ।

नक्सा जारी गर्ने सन्दर्भमा काम गर्दा आफूले निकै ठूलो प्रलोभन र धाकधम्कीको समेत सामना गर्नुपरेको भएपनि त्यसबाट नडराएर अगाडि बढ्दा आज मुलुकले नक्सा प्राप्त गरेको र अब जमिन पनि प्राप्त गर्ने बताउनुभयो ।

‘नेपालको भुगोल समेटिएको नक्सा हामीसँग थिएन र यो निकै चुनौतीपूर्ण थियो । यो निकै चुनोतीपूर्ण कुरा थियो । मैले खुट्टा नटेकौ भन्ने चाहेको भए मेरो जीवनको त कुरा छोडौ मेरा पुस्ता पूस्ताका निम्ती पुग्ने पूस्ताव आएका थिए’, मन्त्री अर्यालले भन्नुभयो, ‘तर म डगमगाइन, कुनैपनि लोभ लालच, डरधम्कीबाट नडराएर अगाडि बढे । नडगमगाइकन खुट्टा टेकेर यो आँट हामीले गर्नुपर्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>