चितवन विशेष

नेकपा भरतपुर ११ वडा कमिटीको टेलिफोन डायरी विमोचन

Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, पुस ४-

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वडा कमिटी–११ भरतपुर महानगरपालिकाको टेलिफोन डायरी विमोचन भएको छ ।

शनिबार एक कार्यक्रमकाबीच उक्त टेलिफोन डायरी विमोचन गरिएको हो ।

डाइरेक्टरीको विमोचन प्रतिनिधि सभा सदस्य एवम् नेपाल कम्युनिस्ट पार्टी नेकपा (नेकपा) चितवनका सचिव कृष्णभक्त पोखरेल, वाग्मती प्रदेश सभा सांसद विजय सुवेदी, जिल्ला कमिटीका अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजित’, वाग्मती प्रदेश कमिटी सदस्य शान्ति अधिकारी र प्रदेश सदस्य शारदा कुमालको उपस्थितिमा भएको थियो ।

वडा कमिटी–११ का अध्यक्ष प्रकाश आचार्यले वडामा रहेको सक्रिय कार्यकर्ताहरुको फोन नम्बर संकलन गरिएको बताए । सकेसम्म सबैको फोन नम्बर राख्ने कोसिस आफूहरुले गरेको बताउँदै उनले कसैको छुटेको भएमा क्षमा दिन आग्रह गर्दै अर्काे पटक समावेश गर्ने बताए । वडा स्तरमा अगुवा कार्यकर्ता भेला गरी एकताको सन्देश दिने उद्देश्यले कार्यक्रम गरिएको उनले बताए ।

वडा कमिटीका सचिव शालिकराम सापकोटाले सञ्चालन गरेको विमोचन कार्यक्रममा जिल्ला पार्टी सदस्य तेजेन्द्र खड्का, महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपाने, महानगर कमिटी सचिव ईश्वर सापकोटा ‘सुमन’, वडा कमिटी इन्चार्ज एवम् जिल्ला सदस्य सुरेशचन्द्र अधिकारी, वडाका सहइन्चार्ज नरेश अधिकारी, जिल्ला सदस्य कमल मल्ल, ११ का वडाध्यक्ष बाबुराम अधिकारीलगायत अन्य कार्यकर्ताहरु बिना गुरुङ्ग, ज्ञानबहादुर कुमाल, चिन्तामणि लम्साललगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>