Breaking News

भरतपुरको तापक्रम ८ डिग्रीमा झर्‍यो, सावधानी अपनाउन अनुरोध

Banner

चितवन, पुस ४-

चितवनमा आज चिसो बढेको छ ।

भरतपुर विमानस्थलमा आज दिउँसो चार बजेको अधिकतम तापक्रम १६ डिग्री सेन्टिग्रेड मापन गरिएको छ भने बिहान न्यूनतम तापक्रम ८ डिग्री सेन्टिग्रेडसम्म झरेको थियो । मौसम विभागले अझै चिसो बढ्न सक्ने भएकोले त्यसबाट बच्ने उपायहरु अपनाउन सबैमा अनुरोध गरेको छ ।

चितवनमा आज दिनभर घाम लागेको छैन भने आकाशमा हुस्सु लाग्दा भरतपुर विमानस्थलमा हुने सबै उडानहरु रद्ध भएका छन् । मौसम विभागले उत्तर–पश्चिमी बायुको प्रभावले बाक्लो हुस्सु र कुहिरो लागेको जनाएको छ । चिसो बढ्दा नारायणगढ, भरतपुर, रत्ननगर, भण्डारा, शारदा नगरको बजारी क्षेत्रमा मानिसहरुको चहलपहल घटेर जनजीवन प्रभावित भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>