Breaking News

मौसम नखुलेपछि चितवनका सबै उडान रद्ध, विमानस्थल आएका यात्रु घर फर्किए

Banner

चितवन, पुस ४-

मौसम नखुलेपछि आज भरतपुर विमानस्थलका सबै उडान रद्ध भएका छन् । आकाशमा बादल र तुवालो लागेर भिजिबिलिटी कम भएपछि सबै उडान रद्ध गरिएको भरतपुर विमानस्थलका प्रमुख योगेन्द्र कुबरले जानकारी दिनुभयो ।

भरतपुरबाट काठमाडौं र पोखराका लागि बुद्ध र यती एयरका दैनिक ८ देखि ९ उडान हुने गरेका छन । बिहान सबेरै काठमाडौँ जान भरतपुर विमानस्थल आइपुगेका यात्रुहरु सबै उडान रद्ध भएपछि घर फर्किएको कुबरले बताउनुभयो । भरतपुर विमानस्थलका अनुसार चितवनमा शनिवार न्यूनतम तापक्रम ८ डिग्री थियो । भरतपुर विमानस्थलबाट बुद्ध, यतिले उडान भर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>