Breaking News

चितवनको माडीमा डाँडो भत्किदा परुई खोला थुनियो

Banner

चितवन, पुस ४–

चितवनको माडीस्थित परुई खोला थुनिएको छ । सोमेश्वर पर्वत श्रृंखलामा पर्ने एउटा डाँडो भत्कँदा स्थानीय परुई खोला थुनिएको हो । कमजोर भू–बनोट रहेको सो क्षेत्रमा डाँडाको रुखबिरुवा, झाडीझ्याङ र ढुंगामाटोले खोलाको लगभग पाँच सय मिटर क्षेत्र पुरेको छ । थुनिएको क्षेत्रमा निकै अग्लो बाँध बनेको स्थानीयले बताएका छन्। जसका कारण स्थानीयमा खानेपानी र सिंचाइका लागि संकट सुरु भएको छ । खोलो थुनिएर बनेको ताल अचानक फुटे तल्लो क्षेत्रमा बाढी आउने त्रास पनि छ ।

माडी नगरपालिका–७ का कृष्णबहादुर राना आफ्नो गहुँ खेतमा पानी लगाउन शुक्रबार बिहान झिसमिसेमा नै घरबाट निस्किए । कुलोमा थोपो पानी थिएन । साँझसम्म मज्जाले पानी बगेको कुलोमा बिहान पानी नदेख्दा उनी छक्कै परे । उनी अगाडि बढ्दै खोलासम्म नै पुगे । कुलो जस्तै खोलो पनि चप्रक्क भएर सुकेको थियो ।

खोलोको दूरावस्थाका बारेमा उनले माडी–७ देवेन्द्रपुरका ढाकामोहन तिमिल्सिनालाई बताए । वडा सदस्य रामबहादुर आचार्यसम्म कुरा पुग्यो । अन्य दुईजना साथी खोजेर उनीहरु खोलैखोल अगाडि बढे । त्यसपछि जे देखे त्यो चानचुने थिएन । ‘परुई खोलाको मुहान बस्तीदेखि लगभग पाँच किलोमिटर पर छ । बस्तीदेखि त्यस्तै तीन किलोमिटर पर सेते पहरो छ । त्यही पहरोको पहिरोले खोला थुनेछ,’ ढाकामोहनले भने ।

स्थानीय अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका सदस्य कृष्ण पौडेल शुक्रबार दुई पटक पहिरो स्थलमा पुगे । ‘गहुँमा पानी लगाउने बेलामा खोलो सुकेपछि आपत परेको छ । त्योभन्दा ठूलो आपत खानेपानीको छ । मुहानबाट ल्याएको पाँच सय मिटर पाइप पहिरोले पूरै क्षति गरेका कारण शुक्रबार बिहानदेखि धारामा थोपो पानी आएको छैन,’ पौडेलले भने । पहिरोका कारण तीन सय धारामा पानी आएको छैन ।

परुई खोला आसपासमा बस्तीहरु छन् । परुई खोला रिउ खोलामा गएर मिसिन्छ । ‘खोलोमा पहाड आएर बसेपछि माथि पानीको ताल पर्न थालेको छ । कान्तिपुरबाट ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>