Breaking News

प्रधानमन्त्री भएपछि पहिलो पटक ‘प्रचण्ड’निवास पुगे ओली

Banner

काठमाडौं,पुस ४-

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न शनिबार बिहान खुमलटार पुगेका छन् । नेकपाभित्र आन्तरिक विवाद चर्किरहेका बेला प्रधानमन्त्री ओली दाहाललाई भेट्न उनकै निवासमा पुगेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले खुमलटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको जानकारी दिएका छन् । तर अध्यक्षद्वयबीच के विषयमा छलफल भयो भन्नेचाहिँ उनले केही खुलाएका छैनन् ।

प्रधानमन्त्री ओली आउने भएपछि खुमलटार क्षेत्रमा सुरक्षाकर्मी अलर्टमा राखिएको थियो । पार्टीमा आन्तरिक विवाद चर्किरहेका बेला ओली दाहाललाई भेट्न खुमलटार जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । शुक्रबार मात्रै दाहाल–नेपाल समूहले पेरिसडाँडामा प्रदेश एकका जिल्ला अध्यक्ष र सचिवहरुको भेला आयोजना गरेका थिए । प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक ओली दाहाललाई भेट्न उनकै निवास गएका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले शुक्रबार जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा प्रदेश १ का आफूनिकट जिल्ला अध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूको भेला गरी संगठित विरोधमा उत्रिन निर्देश गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>