Breaking News

सभामुख सापकोटाको मुद्दा सर्वोच्च अदातलतको ‘हेर्न नभ्याइने’ सूचीमा

Banner

काठमाडौं । सभामुख अग्नि सापकोटाविरूद्ध व्यक्ति हत्याको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासले ‘हेर्न नभ्याइने’को सूचीमा राखेको छ । मुद्दाको आज पेशी तोकिएको थियो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासहित पाँच वरिष्ठ न्यायाधीश रहन्छन् ।

काभ्रेको अर्जुन लामा हत्या प्रकरणमा सापकोटाको संलग्नता रहेको भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ सालमा सापकोटाविरूद्ध मुद्दा दायर गरेकी थिइन्। मुद्दा दायर भएका बेला सापकोटा सूचना तथा सञ्चार मन्त्री नियुक्त भएका थिए ।

सापकोटाविरूद्ध पत्रकार कनकमणी दीक्षितले समेत मुद्दा दायर गरेका छन् ।

२०६८ सालको असारमा सर्वोच्च अदालतले लामाको हत्यामा सापकोटा संलग्न भएररनभएको अनुसन्धान गर्न आदेश दिएको थियो । २०६२ सालमा काभ्रेमा लामाको अपहरणपछि हत्या भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>