Breaking News

सरकारी तलब, पेन्सन खानेको सामाजिक सुरक्षा भत्ता रोक्न गृहमन्त्रालयको निर्देशन

Banner

काठमाडौं,पुस ३-

गृह मन्त्रालयले सरकार र सरकारी स्वामित्वका संघ संस्थाबाट सेवा सुविधा लिने व्यक्तिहरुको सामाजिक सुरक्षा भत्ता रोक्न पत्राचार गरेको छ। गृहले बुधबार देशभरका स्थानीय तहहरूलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो। नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह अथवा यिनीहरूको पूर्ण वा आंशिक स्वामित्व रहेको कुनैपनि संस्थाबाट नियमित तलब, पेन्सन, अवकाश सुविधा अथवा अन्य सुविधाहरु पाइरहेका व्यक्तिलाई दिइँदै आएको सामाजिक सुरक्षा भत्ता रोक्नू,गृहले गरेको परिपत्रमा भनिएको छ।

सरकारले यसअघि नै सरकारी सुविधा लिइरहेकाहरुको दोहोरो सुविधा रोक्ने निर्णय लिइसकेको थियो। तर अझै पनि सरकारी सुविधा लिनेहरूले दोहोरो सुविधा उपभोग गरिरहेको गुनासो आएपछि गृहले यस्तो परिपत्र गरेको हो। गृहका शाखा अधिकृत कुलशेखर अर्यालले गरेको परिपत्रमा यसअघि कानुन अनुसार रोकिनुपर्ने सुविधा केही स्थानीय तहमा वितरण भइरहेको खबर आएकाले त्यसलाई तत्काल रोक्न भनिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>