Breaking News

२८ महिनामा चितवन राष्ट्रिय निकुञ्जका २७ गैँडाको उद्धार

Banner

चितवन,पुस २-

गएको २८ महिनामा २७ वटा गैँडाको उद्धार भएको छ । ती सबै गैँडाहरू चितवन राष्ट्रिय निकुञ्जका हुन् । उद्धार गरिएका गैँडामध्ये वर्षायाममा नदीले बगाएको, वन्यजन्तुको आक्रमण गरेकोदेखि केही बिरामी परेकाहरू छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जनाए अनुसार आर्थिक वर्ष २०७५/०७६ मा १५ वटा र आर्थिक वर्ष २०७६/०७७ मा १० वटा गैँडाको उद्धार गरिएको छ । चालु आर्थिक वर्ष २०७७/०७८ को कात्तिक मसान्तसम्ममा दुईवटा गैँडाको उद्धार भएको छ ।

चितवनबाहेक पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा रहेका छन् । २०७१ सालमा भएको गैँडा सर्वेक्षण अनुसार गैँडा ६४५ वटा छन्, जसमध्ये सर्वाधिक चितवन राष्ट्रिय निकुञ्जमा ६०५ वटा छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>