Breaking News
पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ९४७ जना डिस्चार्ज
०

काठमाडौँ पुस २-
नेपालमा पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार ९४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ।
हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४० हजार ३ सय ६३ पुगेको छ।हाल देशभर ९ हजार ५ सय ८० जना सक्रिय संक्रमित छन् भने ४ सय ४४ जना क्वारेन्टिनमा छन्।यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























